Monday, November 23, 2020

उत्तर देउ तिमी जस्तै म किन नबनौ?

 


धार नलाएको छुरा

तिमीले गरेको कुरा !!

अचेल उस्तै लाग्छन्

काम नलाग्ने!!

 

बाटो बिराउदा आएको तिम्रो गाली !!

आर्दशको भाषणमा आएको ठुलो तालि

अचेल उस्तै लाग्छन्

अर्थ गुमेको

 

बगेको आँसु वर्षातको पानीमा रुझदा !!

म हुनुको अर्थ तिमीले नबुझ्दा

अचेल उस्तै लाग्छन्

थाहा नपाइने

 

म थामिने आधि हैन !!

म सहिदिने पृथिबी पनि हैन

म बस तिमी जस्तै स्वतन्त्र हु

त्यसैले तिमी जस्तै म किन नबनौ? !!

 

 

 

No comments:

Post a Comment