Thursday, April 30, 2020

कोरोना कहरमा उत्थानशील नागरिकको आवश्यकता

बन्दी भन्नेबितिकै अपराध गरेर जेलमा हालिएको मानिसलाई बुझिन्छ र बन्दीको सम्बन्ध कुनै न कुनै अपराधसंग जोडिएको हुन्छ । २०७६ चैत्र ११ गते, नेपालमा लकडाउन सुरुवात भएदेखिनै हरेक नेपालबासी नेपालीहरुले बन्दीजीवन बिताईरहेका छन् र यो कुनै अपराध गरेर हैन बरु आफू बच्ने र अरुलाई पनि बचाउने र अपराधबाट जोगिनको लागि हो । सबै नजरबन्द छन, कोहि आफ्नै घरमा भने कोहि सरकारले तोकिएको ठाउँमा छन् ।
नेपाल सरकारले निकै कडाइकासाथ यो नियम लागू गरेतापनि केहि नागरिकहरु उल्लंघन गरेको भेटिएको छ र यसरस् उल्लंघन गर्ने हरुलाई प्रहरीले पिटेकोदेखि धेरै बेरसम्म उभ्याएर सजाय दिएको टेलिभिजन र पत्रपत्रिकाबाट सूचना पाईराखेका छाैं तर यो सजाय कतिको राम्रो अथवा नराम्रो हो भनेर अहिले भन्न भने सकिएको छैन । यो लेख लेखिरहँदा आजसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० कारवाहीमा परिसकेको छन् कारण, बन्दी भएर घरमा नबसी बाहिर निस्किँदाको परिणाम हो । यसरी घरमा बन्दी जीवन बिताउँदा धेरै बालबालिका, बृद्ध वा सबै उमेरका मानिसहरुका लागि निकै गाह्राे भएको छ । त्यसैमाथि ठूलो डरका साथमा बस्दा अझ पीडादायक महसुस सबैमा भएको छ ।
हाच्छिउँ आउँदा, अलि अलि टाउको दुख्दा, अरु बेला जस्तै खोकी लाग्दा पनि निकै डराएको र के म संक्रमित त छैन भनेर सोच्न बाध्य सम्पूर्ण जनता छन् । कोभिड-१९, वुहान शहरबाट सुरु भएको भाइरस जसको कारणले विश्वजगत नै कामिरहेको छ यधपी छिमेकी मुलुक चीन भने यो कोरोना लडाईंमा बिजय भएको छ । ७६ दिनपछि वुहानको लकडाउन खुल्दा कति खुसी भए होला वुहानबासी, जुन हामी कल्पना गर्न सक्छौँ । यधपी हामी  तत्काल घरबाहिर निस्कने अवस्थामा भने छैनौँ जसको उदाहरण इटाली-अमेरिका जस्तो देशलाई हामी प्रत्यक्षदर्शी भएर हेरीरहेको छौँ र त्यस्तो अवस्थामा नेपाल नपुगोस भन्ने हामी कामना पनि गरिरको छौँ । बन्दी, प्रत्यक्षदर्शी, डर भानिरहँदा अहिले यी सब कुरालाई नियन्त्रण गर्छ भन्दा त्यो हो नागरिकको व्यक्तिगत उत्थानशीलता, जुन आजको प्रमुख आवश्यकता हो ।
उत्थानशीलतालाई कसरी बुझ्ने त ?
कुनै पनि विपद (मानवीय तथा भौतिक क्षति) को पूर्वानुमान गर्ने क्षमता, यस्तै गरेर विपदलाई सोच्ने, अपनाउने तथा झट्कालाई परिवर्तन गरी पहिलाको जस्तै सामान्य अवस्थामा फर्किने सामर्थ्यलाई हामी उत्थानशीलता भनेर बुझ्छौँ । यिनै कुरालाई उत्थानशीलताको चार चरण पनि भनेर बुझ्न सकिन्छ, पूर्वअनुमान, विपदलाई सोच्ने, अपनाउने र परिवर्तन हुन् ।
नेपाल सरकारले विपद जोखिम न्यूनीकरण तथा व्यस्थापन ऐन, २०७४ मा "गैरप्राकृतिक विपद्" भन्नाले महामारी, अतनकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचरुङ्गीमा हुने फ्लू, सर्पदंश, जनावर आतङ्क, खानी,  सडक, आगलागी, ग्यास, रसायन विवकरण ग्यासविष्फोटन आदि सम्झिनु पर्छ भनेर महामारीलाई पनि सम्बोधन गरेको छ । कुनैपनि रोगबाट निरन्तर रुपमा ज्यान अकालमा गइरहेको छ भने त्यसलाई महामारी भन्ने चलन छ । माथि उल्लेखित सबै खालको विपदको लागि राष्ट्र, समुदाय, परिवार तथा व्यक्ति उत्थानशील हुनेपर्ने देखिन्थ्यो तर हाल विश्वभरि २०९ भन्दा बढी देशमा फैलिएको महामारी पहिला-पहिला भोगिरहेका विपद तथा महामारी भन्दा फरक छ र यसकाे पूर्वअनुमान गर्नु, यो अरु भन्दा फरक छ भनेर हरेक ब्यक्तिले आन्तरिकीरण गर्नु नै उत्थानशीलताको पहिलो विशेषता हुन् आउँछ जसको चरण भने नेपालले पार गरिसकेको छ । अर्थात् हामी दोस्रो चरणमा छौँ अथवा महामारीको अवस्थालाई बुझ्दै घरभित्र आफूलाई सुरक्षित राख्ने, सामन्य कोरोना जस्तो लक्षण देखिएमा परिवारबाट आफूलाई आइएसोलेट गरेर छुटै बस्ने अवस्थामा पुगेको छौँ । चीन चौथो चरण, झट्कालाई परिवर्तनगरी पहिलाको जस्तै सामान्य अवस्थामा फर्किँदै छ । अरु देश महामारीसंग आफ्नै प्रकारले महामारीलाई साेच्दै र अपनाउँदै छन् यद्धपी ठूला र विकसित भनिएका देशहरु पूर्वअनुमान गर्ने क्षमतामा चुकेको देखियो ।
नेपाल (राष्ट्र) र समुदायको प्रयास
सीमाना जोडिएको मुलुकमा महामारीले उग्ररुप लिइरँहदासम्म सरकार जानकार मात्र थियो । कुनै कदम भने उठाएको भने थिएन जब इटालीको यसको भयानक रुप देखियो तब सरकारले पूर्वअनुमान गरि पूर्वतयारीलाई आन्तरिकीकरण गर्यो फलस्वरुप अन्तर्राष्ट्रिय विमानसेवा बन्ददेखि सुरु गरेर देश लकडाउनसम्म गरेको छ र सकेको प्रयास सबै गर्दै आएको छ । यस्तैगरेर, लकडाउनको समयमा घरमै बसिरहेको सरकारी कर्मचारीलाई कोरोना संक्रमण नियन्त्रणमा खट्न १० बुँदे निर्देशन प्रदान गरी, जनशक्तिको परिचालन गर्ने अर्को प्रायस पनि थालनी गरेको छ । समुदायको तर्फबाट असक्षम, र आवश्यकीय परिवार तथा व्यक्तिलाई राहत वितरण गर्ने, महामारी सम्बन्धी जनचेतना फैलाउने काम भैरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार, अरु अस्थाई नियमहरु, खाध्यसामग्रीको आपूर्तिको लागि सरकारी तथा स्थानीय तहबाट सकेको काम भइरहेको छ । विकसित देश चुकेको बेलामा विकासिँदै गरेको नेपालको प्रयास आलोचना हाेइन प्रशंसाकै योग्य छ किनकी यो नसोचेको र नभोगेको अवस्थालाई व्यस्थापन गर्न सजिलो र चुट्की बजाए जस्तो भने पक्कै छैन । तसर्थ हरेक बिज्ञहरुलाई हम्मे हम्मे परेको कुरा महसुस गर्दै हरेक परिवार तथा व्यक्तिमा पनि स्वम रक्षकको जिम्मेवारी थपिएको छ ।
कोरोना प्यानडामिकको लागि देश, समुदाय तथा परिवार सबैले उठाएको कदम अपर्याप्त छ किनकी एउटा कुनैपनि सदस्यले मात्र असावधानी अपनउँदा त्यसकाे मूल्य निकै ठूलो पर्न जान्छ ।  त्यसकारण स्वचेतनाकै ठुलो खाँचो देखिएको छ । जस्तो कि एउटा बालकले आफ्नो आमालाई कुनै प्रकारको लक्षण देखिएमा लाडे पल्टिएर छेउमा जान्नु हुन्न भन्ने बुझ्न जरुरी छ भने आमा स्वंले म आइसोलेसनमा बस्नु पर्छ र आफूलाई र परिवारलाई बचाउनु पर्छ भन्ने सोच्नु पर्छ । यो त भयो बच्ने र बचाउने कुरा किन कि नेपालमा कोरोना संक्रमित १४ जनामा सीमित छ र यसलाई आफूसम्म आइपुग्न नदिन र भविश्यको चिन्ता गरेर आफूले आफूलाई बिचलित नबनाउन आफूले आफूलाई उत्थानसिल बनाऊनु जरूरी छ ।
व्यक्तिगत उत्थानशीलता कसरी बढाउने ?
हाल हामी सुरवातको चरणमा भएको कारणले गर्दा हामी उत्थानशीलताको पहिलो २ चरणलाई ध्यान दिनुपर्ने हुन्छ, पूर्वअनुमान र विपदलाई साेच्ने कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।सोसल डिसटेनसिङ घटाइ फिजीकल डिसटेनसिङ बढाउने गर्नुपर्छ । हामी स्वयम कोरोनाको सिकार हुनसक्ने पूर्वअनुमान गरी पूर्वतयारी गर्नुपर्ने हुन्छ । सरकारको नीति सोसल डिसटेनसिङ जसलाई मैले फिजीकल डिसटेनसिङको नाम दिएको छु, त्यसलाई सकेसम्म हैन जसरी पनि कायम गर्ने जसको मतलब सोसल डिसटेनसिङ घटाउने फिजीकल डिसटेनसिङ बढाउने गर्नुपर्छ । परिवार, आफन्तजन साथी, सहकर्मीसंग सोसल मिडिया मार्फत कुरा गर्ने, जसलाई हामी सोसल क्यापिटल भन्छौँ । सोसल क्यापिटलको भूमिका हरेक परिस्थितिमा ठूलो हुन्छ त्यसकारण सामाजिक पुँजीको उपयोग गरौँ तर संचारको मध्यमलाई प्रयोग गरौँ । फिजीकल रुपमा आफुलाई टाढा राखेर इन्टरनेटको मध्यमबाट आफूलाई सक्रिय बनाउनु हो । यद्धपी सबैको पहुँचमा इन्टरनेट नहोला तर वैकल्पिक बाटो रोजौँ । टेलिफोनमार्फत, रेडियोमार्फत जहाँबाट जुन तरिकाले सकिन्छ त्यहिबाट संचार को अधिक उपयोग गरौँ ।
क्षमता अभिवृद्धि गर्नुहाेस, विपत्तिलाई अवसर ठानी आफ्नो क्षमतामा अभिवृद्धि गर्न सकिन्छ । नयाँ-नयाँ परिकार बनाएर सामजिक संजालमा पस्किनु नराम्रो कुरा हैन ताकी यो विपत्तिलाई कोहिकसरी सामना गर्दैछ, कसरी जुद्दैछ भन्ने हो । त्यसकारण सामान्य जनजीवन भत्किएको बेलामा पनि हामीले सहजरुपले सबैकुरालाई आफूभित्र सोच्दै लैजानु नै उत्थानशीलता हो जसलाई यो विपदको बेलामा सबै नागरिकलाई खाँचो छ र सबै नागरिकले आफ्नो उत्थानशीलता बढाउनुपर्ने आजको आवश्यकता  हो ।
लेखिका समाजशास्त्री हुन्, उनी सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छिन् । https://www.gaunsahar.com/news-details/30024/2020-04-13?fbclid=IwAR2sjz2pWY7OH2wk3afBDHkqTF-V0-I9bOU4q-ZSKSum_q4PeA5ZCbJNZPs
  •  नमिता पौडेल 
  • १ बैशाख सोमबार, २०७७ | १९:५१:०० मा प्रकाशित Gaunsahar.com ma prakasit mero lekh

‘हरारी’ को २१ झट्का : संकटमा नेतृत्वविहीन विश्व

एक्काइसौं शताब्दीको पूर्व मध्य भागतिर कालो ग्रहण लागेर विश्वभरिनै अन्धकार छाएको छ । नौ ग्रहको खबर राख्ने विज्ञान प्रविधि आफ्नै ग्रह बिरामी पर्दा कुन औषधि प्रयोग गर्ने भन्ने निर्क्यौलमा पुग्न सकेको छैन । यो अवस्थालाई नियन्त्रण गर्न विभिन्न देशहरुले धेरैथरि रणनीतिहरु प्रयोग गर्दै आएका छन्  र त्यो मध्ये  लकडाउन एउटा मुख्य व्यवस्था हो ।
एक्काइसौं शताब्दीको समस्यामध्ये भविष्यमा एउटा समस्याको इतिहास थपिने भने निश्चित भएको छ त्यो हो “कोराना” जुन शब्दसंग हामी सबै परिचित छौँ । यिनै एक्काइसौं शताब्दीको समस्याहरु केलाउँदै, भविश्यको दुनियाँ कस्तो हुन्छ र मानिसको त्यतिबेला भूमिका के रहनेछ र अहिले एक्काइसौं शताब्दीको यो समस्यासंग कसरी जुध्ने भनेर २१ पाठ लिएर युवल नोआ हरारी ले ‘२१ औँ शताब्दी को लागि २१ पाठ’ भन्ने किताब २०१८ मा प्रकाशित गरेका थिए जुन समय सान्दर्भिक छ । उनि एक इतिहासकार हुन् र उनका यो भन्दा अगाडिको पुस्तक सैपियन्सः ए ब्रीफ हिस्ट्री अफ  ह्यूमनकाइण्ड (२०१४), होमो डेसः ए ब्रीफ हिस्ट्री अफ टुमरो (२०१६) बेस्ट सेलर बनिसकेका छन्  र २१ लेसन्स फर २१ सेन्चुरी (२०१८) ले पनि ति दुवै किताबलाई छोएको छ अर्थात् उनि भूतकाल र भविश्यको पुल वर्तमानमा बसेर कुरा गर्दै छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै हरारीलाई २१ लेसन्स फर २१ सेन्चुरी को मार्फत बुझ्ने प्रयास गरेको छु ।
हरारीले बिग पिक्चरबाट समाजका समस्या हरुलाई हेर्ने प्रयत्न गरेको छन् । उनले २१ पाठलाई पाँच भागमा विभाजन गरि लेखेका छन् । भाग १ मा प्राविधिक चुनौति अन्तर्गत १. मोहभंग (भ्रमको पर्दा च्यात्नु) २. काम ३. स्वतन्त्रता ४. समानता । यस्तै गरेर भाग २. मा राजनीति चुनौतिमा ५. समुदाय ६. सभ्यता ७. राष्ट्रियता ८. धर्म ९. बसाईंसराई अनि भाग ३ सुरु हुन्छ जसमा १०. आतंकवाद ११. युद्ध १२. देवता १४. धर्म निरपेक्ष भाग ४ को पाठ  १५. अज्ञान १६. न्याय १७. बिना तथ्य १८. कल्पित विज्ञान र अन्तिममा उत्थानसिलता पाँचौँ भाग मा ३ ओटा पाठ छन् र ति हुन् १९. शिक्षा २०. अर्थ  (जिन्दगी कथा हाेइन) २१. ध्यान ।
हरारीको मुख्य ध्यान भनेको अहिले (२१औं शताव्दी) को चक्कर र यसकाे भविश्यको समाजमा पर्ने प्रभाव हो अहिले के भइरहेको छ ? (जस्तो कि आज राज गरिरहेको यो महामारी को असर भोलि के ?) आजको मुख्य चुनौती र छनोट के हो ? हामीले आज के मा आफ्नो ध्यान दिनुपर्छ ? हामीले हाम्रो बच्चाहरुलाई के सिकाउनु पर्छ ? उनि लेख्छन् कि संसारमा ७ बिलियन मनिसहरुको ७ बिलियन नै समस्याहरु हुन सक्छन अझ एकजना मान्छे कै १०० औं समस्याहरु हुन सक्छ त्यसकारण एकजना भन्दा पनि मानव जातिकै समस्या सोच्ने यहाँ धेरै कम हुन्छ । एउटा मुम्बई सहरको सुकुम्बासी टोलमा बस्ने २ बच्चाको एकल आमालाई भरे मेरो बच्चाहरुलाई के खुवाउने भन्ने चिन्ता हुन्छ । उनी कसरी यो कुरा सम्झाउने  भनेर अन्योलमा देखिए पनि एउटा व्यक्तिको समस्याभन्दा सिंगो मानव जातिको समस्या जस्तो कि  जलवायु परिवर्तन ध्यान दिनु पर्ने जरुरी देख्छन् ।
केहि यस्ता प्रश्न जुन प्रश्नकै रुपमा छोडीएको छ जस्तो कि डोनाल्ड ट्रम्पको उदयले के दर्शाउँछ ? बेला बेलामा आउने झुटो समाचारलाई हामी के गर्न सक्छौँ ? शिष्ट प्रजातन्त्र किन संकटमा छ ? उनि थप्छन् कि किताबले समग्र दृष्टिकोणबाट हेरेतापनि हरारी आफैँ भने व्यक्तिगत तर्फपनि हेर्न जमर्को गरेको छन् । व्यक्तिगत जीवन र अहिलेको जगत को ठूलो क्रान्तिको बीचको सम्बन्ध हेर्दै भन्छन कि आतंकवाद विश्व राजनीतिको समस्या र आन्तरिक मनोवैज्ञानिक यन्त्र दुवै हो । यो विश्व जगतले  ब्यक्तिगत आचरण र नैतिकतामा नसोचेको दबाब पारेको छ ।
पाठहरु भित्रभित्रै छिर्दै जाँदा धेरै विषयमा बहस हुन्छ जस्तो कि सूचना प्रविधि र जैविक प्रविधिको जम्लिया क्रान्तिले आर्थिक र सामाजिक मात्र पुनःसंरचना गर्ने हैन कि मानिसको शरीर र दिमागको पुनःसंरचना गर्दछ । विगतको पाना पल्टाएर हेर्दा  हामी मानिसले बाहिरी दुनियाँ कसरी नियन्त्रण गर्ने भनेर सिक्न सक्याैँ तर हामी आफैँभित्र लाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा कमी देख्न सकिन्छ । उदाहरणको लागि हामीलाई थाहा थियो कि कसरि बाँध बाँधेर बगेको खोलो फर्काउन सकिन्छ भनेर तर बगेको हाम्रो जवानीलाई कसरी तन्नेरी बनाउने भनेर थाहा थिएन । यस्तै गरेर यदि लामखुट्टे हाम्रो कानमा आएर भुनभुनाऊँछ र हाम्रो निद्रालाई गडबड गर्छ भने कसरी लामखुट्टेलाई मार्ने भन्ने कुरा हामीलाई थाहा थियो तर यदि कुनै विचारले हाम्रो दिमागलाई गडबड गर्छ भन्ने हामीलाई थाहा थिएन । सिँचाईको डिजाइन गर्ने मानिसले दिमागको डिजाइन गर्न असमर्थ थियो तर आज को २१औं शताब्दीमा सूचना र जैविक प्रविधिको जुम्ल्याहा क्रान्तिले बाहिर र भित्री दुवै दुनियाँलाई मानवले नियन्त्रण गर्न सक्ने भएको छ । यस्तै गरेर कामको कुरा गर्दा हरारी भन्छन् कि २०५० मा हाम्रो बजार कामको लागि कस्तो अवस्थामा हुनेछ भनेर हामीलाई थाहा छैन तर सामान्य भाषामा भन्ने हो भने मेसिन र रोबाेटले दहि बनाउने देखि योगासम्म सिकाउने छन् यधपि केहि परिवर्तनको प्रकृति र हुन लागेको बीचमा विवाद भने छ ।
राष्ट्रवादको बारेमा विश्वको साझा समस्यालाई साझा उत्तर चाहिने कुरा प्रस्तुत गर्छन् । राष्ट्रवादमा फर्किंदा विश्वले पहिला नझेलेको साझा समस्या आयो भने के त्यो समस्याको समाधान छ ? उनि प्रश्न गर्छन जुन आजको मितिमा समय सान्दर्भिक छ ।  जस्तो कि राष्ट्रवाद बढ्दै जाँदा समस्याहरु राष्ट्रको मात्र बन्छ विश्वको हैन । हिजोसम्म कोरोना चीन को थियो अमेरिकाले यसलाई चीनियाँ भाइरसको नाम दिएर एउटा राष्ट्रमा सीमित गरेको थियो तर आज विश्वव्यापी रुपमा लिँदा हरेक राष्ट्र आफ्नो नागरिक बचाउने पहिलो प्राथमिकता ठानीरहेको छ । आज सिंगो विश्वको कुरा गर्दा विश्व विभिन्न भागमा विभाजन भैरहेको छ, तेरो-मेरोले विश्वको केहि क्षेत्रलाई मात्र समेटिरहेको छ । शक्ति केन्द्रीकरण भैरहेको छ । आज विश्वनै एउटा रोगले गसित भइराख्दा पनि हामीलाई आफ्नै देशको चिन्ता छ । अमेरिकामा ५० हजार मानव शरीर माटोमा बिलाउँदा धन्न नेपालमा आजसम्म मरेको छैन भनेर बसिरहेका छौँ । हामी संसारभन्दा आफ्नो क्षेत्रमा मात्र केन्द्रित छौँ र हरारीले भन्न खोजेको कुरा पनि यही हो उनि विश्वको एजेण्डामा छन् तर अरु धेरै पाठहरु पस्किन भने छुट्याइएको भान हुन्छ ।
हरारी अर्थ खोज्नुको पनि कुरा गर्छन जसमा बाँच्नुको अर्थदेखि भागवत गीताको अर्जुनको कर्तब्यसम्म पाठकलाई पुर्याउँछन् । हरेक कुरामा अर्थ लुकेको हुन्छ जस्तो कि जब इजरायलको स्वतन्त्रता दिवसमा बच्चाहरुले राष्ट्रवादको कुरा गर्दै गीत गाउँछन् जसमा एउटाले भन्छ म आफ्नै मातृभूमिमा घर बनाऊँछु अर्कोले म आफ्नै मातृभूमिमा रुख रोप्छु र अन्त्यमा सबैले एकसाथ उनीहरले मातृभूमिको माया देखाउँदै राष्ट्रप्रेम ब्यक्त गर्छन् । अर्थ सबै कुरामा भेटिन्छ र खोज्नु पर्छ यो पनि एउटा आजको लागि पाठ हो । उनी कथाको कुरा गर्छन जसको भार जगमा नभएर छानोमा छ अनि फेरी संस्कृतिको कुरा गर्छन जसले अमूर्त र काल्पनिकलाई यथार्थमा उतारिदिन्छ । हामीले खाने खानाको पनि पौष्टिकता भन्दा आध्यात्मिक महत्व बढि छ । विश्वमा थोरै मात्र खानेकुरा यस्ता छन् जसको प्रतिकात्मक अर्थ नहोस् । धार्मिक यहुदीहरु नयाँ वर्षमा मह सेवन गर्दै मिठो दिनको कामना गर्छन अनि माछाको टाउको खाँदै आगामी दिन राम्रो हुने विश्वास गर्छन र आनरको दाना सेवन गर्नले उनीहरु सत्कर्म आनरको दाना जस्तै गुणन भएर जान्छ भनि विश्वास गर्छन् ।
धर्म युद्ध, प्रविधिदेखि लिएर उत्थानसिलता सम्मको कुरा गर्दा उनको ३५२ पाना को लामो यात्रा सकिन्छ तर  प्रश्न सकिँदैन या भनौँ अझ धेरै उब्जन्छ  । उनले पाठ भन्दा भन्दै ति पाठहरु कसरी आफूभित्र समाहित गर्ने भनेर सबै भन्न भ्याएका छैनन् । आफैँ चल्ने गाडीको कुरा गरिरहँदा पाठकको दिमाग त्यहिँ पुग्छ अनि फेरी बर्सेनि घट्ने दुर्घटना र मर्ने मानिस हरुले झसंग पार्छ । यूद्धमा भन्दा दुर्घटनाले बढि मानिस मर्दा नि हामीलाई यूद्ध नै भयंकर लाग्छ । कतै-कतै लेखकले पस्किन खोजेको कुरा र पाठकले आशको गरेको कुरामा मेल नखाएको हो कि जस्तो भान हुन्छ । समग्रमा कुरा गर्दा २१ औं पाठले मात्र सबै चुनौतिहरुलाई समेट्दैन तसर्थ यो किताब आफैँमा अपुरो हो कि जस्तो देखिन्छ । तर जति विश्लेषण छन् ति सबै समय सान्दर्भिक छन् ।
आज को २१औं शताब्दीको पढनै पर्ने किताब मध्ये "२१ लेसन्स फर २१ सेन्चुरी" पनि एउटा हो । यो आफैँमा पूर्ण किताब भने हैन तर यसलाई पढेर अरु धेरै बुझ्ने र लेख्ने उपाय भने पक्कै निकाल्न सकिन्छ ।
(लेखिका समाजशास्त्री एवम् अध्यापक हुन् ।)https://www.gaunsahar.com/news-details/30350/2020-04-28?fbclid=IwAR2j7hvbWE6Veuqiro8-o5cYfxX5ycRH9WGNFH-Ckq5lgZuFfkmMBBJv0L4
  •  नमिता पौडेल 
  • १६ बैशाख मंगलबार, २०७७ | ०९:२५:०० मा प्रकाशित gaunsanchar.com ma prakasit mero lekh 

Thursday, April 2, 2020

आफन्त


बाहिरको मान्छे  त को आउछ र यहाँ ?
कुरा तिम्रै आफन्त ले काटछन्
तिम्रो विवसतालाई बुझ्न  को आउछ र यहाँ ?
जब तिम्रो आफन्तले तिमीलाई रुवाउछन,

आफन्त नै दुस्मन हुन्छन, जब तिमि कमजोर हुन्छौ
अनि तिम्रो लाचारी को फाइदा उठाएर आरोप तिमि लाईनै लगाउछन
रिस पनि तिम्रै आफन्तले गर्छन जब तिमि माथि हुन्छौ
अनि तिम्रो तारिफमा पनि हामीले गर्दा आज माथि छे भन्छन्

साहस तिम्रो घट्छ अनि उनीहरु दङ्ग पर्छन्
तिम्रो तिलको कुरालाइ पहाड ले छोपिदिन्छन्
विवसताको  तिम्रो आचललाई नक्कली सारीले छोपिदिन्छन्
अनि आफ्नै कुकर्ममा पनि गर्ब गर्छन

जानौऊ अब सबै यहाँ येस्तई छन् भनेर
समय लाई पर्खा जवाफलाई जरुरि नठान
बुजेउ अब आफ्नो कमजोरी लाई
सुधार र अरु लाई छाडीदेउ

धर्यतालाई आफ्नो पहिचान बनाउ
हार लाई जित को सिडी बनाऊ
दुख लाई खुसि अगाव आउने मध्यम बनाऊ
पर्ख अनि जित मा रमाउने साथी बनाऊ

Written date: 2062/08/ 01