Thursday, November 30, 2017




सम्झनाको दियो बालेर हेर्दा
धपक्क बलेको उसको अनुहार आइदिदा
यो मनत मेरो चराझैँ माथि माथि उडीदिन्छ
कपासझैँ हलुको भएर बसीदिन्छ

बाहिर एकास्सी ठुलो पानि पर्न थाल्छ
हावा हुण्डरी आउन थाल्छ
म भित्र बाट दियो जोगाउन खोज्छु
झ्याल ढोका सबै बन्द गर्छु

माथि को सानो दुलो बाट, जोड संग आएको  
हावा ले मेरो दियो निभाईदिन्छ
म झल्लास हुन्छु अनि उसलाई खोज्छु
अन्धकार ले उसको अनुहार ढप्प छोपीदिन्छ

तर म डराएको छैन, जिन्दगि को हावा हुरी पक्कै रोकिन्छ
तिमि लाई म बाट टाडा बनाउने समय फेरी मै संगै झुक्छ
धर्य राख तिमि, समय ले तिमि लाई पनि बोलाऊछ
विश्वास गर आफैलाई विश्वासले फेरी अर्को विश्वास जित्छ