Tuesday, September 8, 2020

साक्षरताको नतिजा

https://ekantipur.com/opinion/2020/09/08/159953136252557618.html 

कान्तिपुरमा प्रकाशित

निजामती अस्पतालको  स्वस्थकर्मीलाइ आफ्नै टोलमा राखेको भनेर स्थानीयवासीलेले बिरोध गरिरहदा शिक्षित र साक्षर मनिने जनता हरु त्यही भीडमा थिए आज देशलाइ सबै भन्दा बडी जरुरि रहेको स्वस्थकर्मीहरु माथि यो खालको ब्यबहारले पक्कै पनि सकारत्मक सन्देश छर्दैन के हाम्रो देशमा बिगतमा भन्दा बढेको साक्षरताको नतिजा हो त? शिक्षित, साक्षरता र हाम्रो समाज को कुरा गरिरहदा  सन् १९६५ देखि युनेस्कोले हरेक बर्षको सेप्टेम्बर ८ लाइ विश्व साक्षरता दिवस मान्दै आएको छ र यो वर्षाको साक्षरता दिवस पनि केहि दिनमा आउदै छ तर बिगत भन्दा बढेको साक्षरताको हाम्रो परिचय खोइ? यही सन्दर्भमा आफुले भोगेका र देखका शिक्षित, साक्षरता र हाम्रो समाजको कुरालाइ समेटदैछु

म एकजना पी एच डी गरेको अंकललाइ छ महिना अगाडी भेट्न गएको थिए धेरै बेर कुरा भयो कुन बिषयमा पी एच डी गर्दा राम्रो, कुन देशमा जस्ता विषयमा छलफल भएपछि जेन्डर समतालाइ जोडेर अनुसन्धान गर्ने सल्लाह पनि दिनुभयो  लगभग १ घण्टा बितिसकेपछि अंकलले आन्टीलाइ चियाको लागि भन्नुभयो तर आन्टीले आँखा झिमिकाउदै तपाईनै बनाउनु भन्नुभयो अंकलले केहि बुझे जस्तो गरेर, मलाई भान्छामा डाक्दै चिया पकाउन थाल्नुभयो अंकलले आफ्नो ब्यबहारमा नि  लेंगिक समानता उतार्नुभएको रहेछ  भनेर मनमनै खुसि हुदै गर्दा यो आइमाइको काम, मरिचको बट्टा कता छ ह? भनेर अलिक ठुलो स्वरमा कराउन थाल्नु भयो उत्ताबाट जबाफ आउने बितिकै  चियामा मरिच हाल्दै अंकल बोल्नुभयो म त खासै भान्छामा छिर्दीन, उनि छुइ भाकी छिन् मेरो  मनको खुसिमा  ढुसी आयो कुरा यहाँ अरु पनि थियो छुइ भाको बेला झन् बडी काम गर्नु पर्ने आन्टीको बाध्यता रहेछ र आन्टीमा पनि यसैमा बानि परेकोले खुसि देखिनुहुन्थियो  

सन्दर्भ अर्को तर मेरै समाजको कुरा गर्दा, म छिमेकि संग बाटोमा बसेर कुरा गर्दै थिए मेरो छिमेकि, घरका सबै परिवार शिक्षित र उनि स्वं एक सरकारी स्कुलका शिक्षक हुन् एउटा जोडी आए र घर भाडा बस्नमा खोच्दै हिनेको कुरा सुनाएपछि दिदि बोल्नुभयो के थरि हो? कति जना बस्ने, कति वोटा कोठा खोज्नुभएको भन्ने प्रश्न तेर्साउनुभयो सबै जवाफ सुनिसकेपछि दिदिले कोठा दिने भन्ने त सोचेको तर छोरा छोरि बढेका छन् आफै लाई चाईन्छ भन्नुभयो कुरा यहाँ जातको थियो दिदिको भाबले बुझ्न सकिन्थियो र दाइले पनि थपे ठिक्क भनेउ मैले मलाई अर्कै ग्रह बाट झरेको अनुभव गरे जुन  कुरा अरु लाइ ठीक लागिरहेको थियो मलाई किन थिएन, आखिर म पनि त येही समाजको थिए

मेरो मिल्ने साथी समाजशास्त्रमा एम ए गरेकी छिन्, फोन गरेर पुर्णिमाको बेलामा सहबास गर्दा छोरो हुन्छ रे हो तिमिले पनि तेही गरेको हो? भन्ने प्रश्नमा मेरो हासो रोकिएन किन पहिलो बच्चा जे भए नि ठिकै छ नि भन्दा  म त एउटानै पाउने, छोरा भए हुन्थियो क्या, साथी को उतर थियो अब यी साक्षर साथिको विचार जुन हाम्रो समाजको संरचनाले एउटा आकार दिएको छ त्यो गलत र सहि भन्ने म एउटा समाजको सदस्यलाइ हक नहोला किनभने फेरी पनि भन्छु म अर्को ग्रहको हैन तर मलाई यो कुरा पनि ठीक लागिरहेको छैन म चुप बस्दा उत्ता बाट नसोधिएको उत्तर आएको थियो तिम्रो त छोरा छोरि छदै छ अब त जे भनेर वकालत गर्दा नि भैहाल्छ अचानो को पिर खुकुरी लाई के थाह? म फेरी पनि चुपनै रहे

साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै बृद्धी गर्दछ मानब हुनु भनेको अरु मानब लाई आफु जस्तै ब्यबहार गर्नु जुन साक्षरताको पहिलो परिभाषा हो एउटा विधा बरिधि गरेको, साक्षरता को उचाईमा सगरमाथा पुग्नुभएको अंकल बाहिर लैंगिक समानताको कुरा गर्दै हिन्दा घरमा छुइ भएको श्रीमती लाई शारीरिक भार पर्ने काम गरिरहदा ‘टेकन फर ग्रान्डटेड’ को रुपमा लिरहेको हुनहुन्छ भने आगामी दिनमा हुने साक्षर मानब (हामि) बाट आउने सन्ततिले के सिक्ने ? किनकि म स्वं साक्षर हुदा हुदै पनि त्यो कुरामा मैले बिरोध जनाउन सकिन एउटा शिक्षक जो ज्ञान बाड्ने काम गर्छ उसले जात छुट्याउछ भने कहिले यो समाजबाट जातीय विभेद हटेर जान्छ? एउटा शिक्षित नारी पनि पिण्ड दिने छोरा मात्र जन्माउने कुरा गर्छिन भने नारी भूर्ण हत्या कहिले रोकिन्छ?  यी त थिए साक्षरको भीडमा म आफै साक्षर भएर पनि बोल्न नसकेको अवस्था र यो मेरो मात्र छैन, मैले मात्र बुझेर हुदैन

नेपालको संबिधान भाग ३ मैलिक हक र कर्तब्य धारा ३१ मा शिक्षा सम्बन्धि हकमा मज्जालेनै पाउने पर्ने शिक्षा को वकालत गरिएको छ शिक्षा नपाउनेहरको सन्दर्भलाइ छेउमा राख्दै जो आजको मितिमा साक्षरको पंक्तिमा परेका छन् उनि हरु मात्र परिबर्तन भइ सस्कार भित्र रहेको मैलो लाई  शिक्षा बाट  पाएको साक्षररुपी ज्ञान साबुनले धुन सके मात्र पनि लेंगिक असमानता कै आधारमा हजारौ चेली शारीरिक यातना खेप्नु पर्दैन थियो होला,  जातकै आधारमा नबराज बि क जस्ता देशको एउटा नागरिक को ज्यान जादैन थियो होला, येस्ता कैयो घटना घट्दै घट्दैन थियो होला  जुन आज हाम्रो समाजमा घटिरहेको छ

विश्व साक्षरता दिवसलाइ नेपालले पनि मान्दै आएको छ र यसको उदेश्य भनेको हेरक नागरिकमा शिक्षाको अधिकार नै हो जुन नेपाल सरकारले पनि दिएको छ अधिकारको  बाबजुद पनि शिक्षा मन्त्रालयको अनुसार ३० जिल्लाका ३ लाख नागरिक अझै साधारण लेखपढ गर्न नसक्ने जानकारी छ २०६५ मा जनगणना अनुसार  १५ दखि ६० वर्ष का ७८ लाख व्यक्ति निरक्षर थिए  भने  अर्थात् कुल जनसख्याको ६५ दशमलब ९ प्रतिसत जनता भने साक्षर थिए जुन अहिले बढेर ८० प्रतिसतमा पुगेको दाबी छ तर ८० प्रतिसत जनसख्या साक्षर हुदा पनि समाजमा रहेका कुरुती,  लेंगिक असमानता, जातीय भेदभाव, बर्ग भेदभाव, भ्रस्टाचार किन हट्न सकेन?  यस्तै हो भने त १०० प्रतिसत जनता साक्षर हुदा पनि मानब अधिकार सुरक्षित हुदैन

बिस्व डीजिटल युगमा कुद्दै गर्दा साक्षरताको महत्व एकतिर छ भने अब हामी मानबलाइ आफ्नो मात्र अधिकार सुरक्षित गरेर पुग्दैन हामीले फर्ने नि –शुल्क सास अर्थात् बातावरणको संरक्षण, वन्यजन्तुको संरक्षण, कुकुर बिराला सबैको अधिकारको ख्याल गर्नु परेको छ यो अवस्थामा के हामिले पाएको ज्ञानको गुणस्तर मापन गर्दै छौ त? निजगढमा बन्ने विमानस्थल विकास कि प्रकितिको बिनास, आज पनि विवादमै छ यस्ता समस्या को हल गर्न जरुर्री छ विकास गर्दा बिनास हुनुहुदैन भन्ने कुरा हामिले पाउने शिक्षामा समाबेस हुन जरुरि छ हामी नेपाली माझ शिक्षाले ठुलै फड्को मार्द पनि  विश्वब्यापीकरणमा परेर परनिर्भरता बढ्दै जानु, समाजको मैले फाल्नु नसक्नु हो भने साक्षर हुनुमा गर्ब छैन देशमा भएको सोत् र सामग्रीको सहि सदुपयोग होस्, देश स्व निर्भर बनोस केन्द्रका देश हरुमा ब्रेन ड्रेन नहोस भ्रस्टाचारले गर्दा देश विकास को तर्फा लम्किन बाधा सिर्जना नहोस हरेक नागरिक ले समान शिक्षा पाउन र सदुपयोग गर्ने अवसर पनि जसले गर्दा बेरोजगारी भएर युवा हरु कुलतमा नफसुन   अक्षर चिन्नुलाई गर्ब गर्ने भन्दा पनि अक्षर चिनेर भएको परिवर्तन माथि गर्ब गर्ने बाताबरण बनोस अनि मात्र हामी साक्षर नागरिक भनेर कहलिनु राम्रो होला

 

 

 

 

 


No comments:

Post a Comment